अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकद्वारा नेपालगन्जमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकद्वारा नेपालगन्जमा सेवा विस्तार


काठमाडौं-लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका दुई शाखाहरूमध्ये वडा-२, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा-१८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएका शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नेछ।

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा न ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न ७, नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।