अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीको अधिवेशन जेठ २५ र २६ गते

नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीको अधिवेशन जेठ २५ र २६ गते


उदयपुर-उदयपुर जिल्लाको नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीको अधिवेशन २०८० जेठ २५ र २६ गते हुने भएको छ।

गाउँपालिका कमिटिका कार्यबाहक शत्रुधन थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले जेठ २५ र २६ गते गाउँपालिका  कमिटीको अधिवेशन वडा-७ स्थित मुकुर्ची बजारको सिटी हलमा बिहान ११ बजेदेखि शुरु गर्ने निर्णय गरेको एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका उपमहासचिव देवराज राईले जानकारी दिनुभयो।

बैठकमा बोल्दै कोशी प्रदेश कमिटीका सदस्य देवराज राईले पालिका कमिटीले हरेक वेथितीका विरुद्ध लड्न सक्ने हुनुपर्ने बताउनु भयो। उहाँले जनताका समस्या बुझ्ने, समाधानको प्रयत्न गर्ने र सबैको आवाज बन्न सक्ने पार्टी र नेतृत्व नै जनताको प्रिय पार्टी र नेता हुने बताउनु भयो।

बैठकले गाउँपालिका अधिवेशन भव्य र सभ्य सम्पन्न गर्नका लागि एमाले कोशी प्रदेश कमिटीका सदस्य जीवन कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

बैठकको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं उदयपुर जिल्लाको आठवटै पालिकाको इन्चार्ज अम्बिका थापाको हुनुहुन्यो। यसैगरी विशेष अतिथिमा एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका उपमहासचिव देवराज राई रहनुभएको थियो।

यस्तै अतिथिहरुमा एमाले कोशी प्रदेश कमिटीका सदस्य जीवन कार्की, युवा नेता खविन्द्र रास्कोटी, एमाले उदयपुर जिल्लाका उपसचिव हेमराज खड्का, एमाले लिम्चुबुङ गाउँपालिका कमिटीका, कार्यबाह अध्यक्ष ज्ञान बहादुर राई, सचिव मनराज राई हुनुहुन्थ्यो।

बैठकमा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश कमिटीका सदस्य जीवन कार्की, नेता खविन्द्र रास्कोटी, एमाले उदयपुरका उपसचिव हेम खड्का लगाएतले बोल्नु भएको थियो।