गुल्मी-गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा-४ पूर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
पूर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पूर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको पूर्तिघाट प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया