अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा तीन नेताबीचको छलफलमा के भयो कुराकानी ?

बालुवाटारमा तीन नेताबीचको छलफलमा के भयो कुराकानी ?


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको शीर्ष तीन नेताबिचको छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा खासगरी संसद्लाई के कस्ता बिजनेस दिने र संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमै छलफल केन्द्रित भएको बताउनु भयो।

 आचार्यका अनुसार सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी  छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ। 

तीन नेताको भेटपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल पनि भएको छ । प्रचण्ड र ओलीबिचको छलफलमा सरकार सञ्चालन,प्रदेश सरकार गठन लगायतबारे छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँगको छलफलअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका गर्नुभएको थियो ।