अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र माधव नेपालबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र माधव नेपालबीच छलफल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ।  सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको हो। 

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको एक स्रोतले जनाएको छ। बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली भेटवार्ता गर्नुभएको हो।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको थियो। त्यसअघि प्रचण्ड र माधवबिच भेटवार्ता भएको थियो। प्रचण्ड देउवा र ओलीबिचको बालुवाटार छलफललगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबिच पुनः भेट भएको हो।