अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल


मकवानपुर-नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ। अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो।

अध्यक्षमा पोखरेल ३१३ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत र लाल बहादुर थापाले १६६ मत प्राप्त गर्नुभयो।

यस्तै उपाध्यक्षमा हिदम लामा निर्वाचित हुनभएको छ। लामाले ४७६ मत प्राप्त गर्दा प्रत्यासी सुनिल मोक्तानले १९७ मत प्राप्त गर्नुभयो। लामा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत हुन्।

सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला)तर्फ आरती पाठक विजयी हुनुभएको छ। निर्वाचनमा ७७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए।

 विष्टले २९७ मत प्राप्त गर्दा मदन दाहालले २५५ मत प्राप्त गर्नुभयो।लामाले २४१ मत प्राप्त गर्दा दिपक खड्काले १६७ मत प्राप्त गर्नुभयो।