काठमाडौं-सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नर्बिसन चेतावनी दिनुभएको छ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ । काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौं युवाहरूले भविष्य खोजेका हुन् । तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ ।’
उहाँले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोख्नुभयो।
यस्तै सांसदश भट्टराईले झापाको गिरीबन्धु जग्गा प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिनुभएको छ।थापाले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताउनु भयो।
प्रतिक्रिया