अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली आज रुपन्देही जानुहुँदै

एमाले अध्यक्ष ओली आज रुपन्देही जानुहुँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदै हुनुहुन्छ।

नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उहाँ रुपन्देहीको भैरहवा जान लाग्नुभएको हो।

अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायतका नेताहरू सहभागी हुने एमाले रुपन्देही कमिटीले जनाएको छ।

जिल्ला अधिवेशनमा ८ सय ५३ प्रतिनिधि सहभागी हुने छन्। जिल्लामा १७ हजार ९८ पार्टी सदस्य रहेका छन्।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टीलाई नेतृत्व सर्वसम्मत बनाउने प्रयास हुने बताउनु भयो । उहाँले रुपन्देहीमा अधिकांश अधिवेशनमा पार्टीको सर्वसम्मत भएको उल्लेख गर्ने यो अधिवेशनमा बजार आएका नामबाट नै सर्वसम्मत हुने सम्भावना धेरै रहेको बताउनु भयो।

रुपन्देही अध्यक्षमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ पोखरेल, उपसचिव चित्रबहादुर केसी, हितराज पन्थीले दाबी गरेका छन् । तर नेतृत्व सर्वसम्मत बनाउन पहल हुने जिल्लास्तरका नेताहरू बताउँछन् ।