अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार कसैले ढाल्न सक्दैन: महेश बर्तौला

वर्तमान सरकार कसैले ढाल्न सक्दैन: महेश बर्तौला


 काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उहाँले प्रतिपक्षी दलहरूले सरकार ढल्ने आशंका गरेको भन्दै त्यस्तो आशंका नगर्न आग्रह गर्नुभएको हो।

एमाले प्रमुख सचेतक बर्तौलाले सैद्धान्तिक रूपमा राखेका सुझावका आधारमा बजेट नै पास हुँदैन कि, सरकार ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो। गठबन्धन सरकार ढाल्न कसैले सक्दैन।’

‘म भन्न चाहन्छु– यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन,’ बर्तौलाले भन्नुभयो, ‘… माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप–अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ। सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन।’

वर्तमान सत्ता समीकरण बलियो डोरीबाट बाँधिएको, एउटा विश्वासका साथ अगाडि बढ्ने संकल्प लिएर अगाडि बढिरहेको उहाँको दाबी छ ।