अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रुपन्देहीको अधिवेशन सुरू

एमाले रुपन्देहीको अधिवेशन सुरू


रुपन्देही-नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ।

आजदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभयो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि कार्य व्यस्तताका कारण आउन नसकेको एमालेले जनाएको छ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव तगा नामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसी, उपसचिव हितराज पन्थीले आकांक्षा राखेको जनाएको छ।

अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य लीला गिरीलगायतले शुभकामना मन्तव्य दिनुभएको छ।