अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: कृषिबाट समृद्धिको यात्रा (पूर्ण पाठ)

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: कृषिबाट समृद्धिको यात्रा (पूर्ण पाठ)



काठमाडौं-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख तिलक परियारले आज प्रदेशसभामा प्रष्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका माध्यमबाट नै कर्णालीको समृद्धि सपना पुरा हुने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममको सुरुवातमा नै कृषिका विषयलाई प्राथमिकतमा राखिएको छ। जसमा हरेक वडामा एक कृषि पाठशाला स्थापना गर्ने प्रस्ताव गरिएको छ। अर्गानिक खेतीको प्रवद्र्धनका लागि रासायनिक मलको ठाउँमा कृषि चुनको प्रयोग बढाउने,स्वस्थ माटो,स्वस्थ जीवन भन्ने नारालाई आत्मसात गर्ने प्रदेश सरकारको प्रस्ताव छ। यसैगरी सुर्खेत प्रवेशको मुख्य नाका बबईमा क्वारेन्टाइन स्थापना गर्ने पनि नीति कार्यक्तममा उल्लेख छ। नीति कार्यक्रममा अर्गानिक कृषिमा लगानी वृद्धि,कर्णालीको समृद्धि भन्ने नारा समेटिएको छ।

प्रदेश सरकारले कृषिमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । जसका लागि प्रदेशभित्रका कर्णाली,भेरी लगायतका करिडोर केन्द्रित गरेर उत्पादनशिलतालाई जोड दिने उल्लेख गरिएको छ । कर्णाली सृमद्धि परियोजना मार्फत डोल्पामा च्यांग्रा,चौरी,भेडा लगायतको उनबाट पस्मिनाको उत्पादन गर्ने लक्ष्य लिइएको छ । पशुको नष्ल सुधारका लागि नाइट्रोजन प्लान्ट स्थापनाको प्रस्ताव गरिएको छ। नीति कार्यक्रममा मासु तथा दुध उत्पादन कार्यक्रमलाई प्रोत्साहन गरिने उल्लेख छ। प्रदेश सरकारले आज सार्वजनिक गरेको ८४ बुँदे नीति तथा कार्यक्रममा १३ वटा बुँदा कृषि र पशुपंक्षीसँग सम्बन्धित रहेका छन्।

प्रदेश सरकारले पयर्टनमा लगानी गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। कर्णालीको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना निर्माण गने लक्ष्य लिइएको छ। सुर्खेत विमान स्थलको विस्तारका लागि संघीय सरकारसँग समन्वय गरेर काम अघि बढाइने प्रस्ताव नीति कार्यक्रममा गरिएको छ । प्रमुख परियाले प्रष्तुत गरेको नीति कार्यक्रममा कर्णाली राजमार्ग,भेरी र कर्णाली करिडोरका अतिरिक्त लुम्बिनी प्रदेश जोड्ने मुलपानी,रानीघाट तेलपानी भुरीगाउँ सडकलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरिएको छ।

हेर्नुहोस प्रदेश सरकारले प्रष्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ