अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्छ: विष्णु पौडेल

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्छ: विष्णु पौडेल


नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरूरी रहेको बताउनु भएको छ।

नेकपा एमाले रूपन्देहीको दसौं जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन्रु आजको अहम् प्रश्न यही हो। जिम्मेवारी पनि यही हो।’

संविधानले प्रदान गरेको अधिकारलाई व्यावहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रूपमा र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई स्थापित गर्न जरूरी रहेको नेता पौडेलले बताउनु भयो।

पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनु भयो।

नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन आजदेखि भैरहवामा सुरु भएको हो। अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभयो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि कार्य व्यस्तताका कारण आउन नसकेको एमालेले जनाएको छ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव तगा नामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसी, उपसचिव हितराज पन्थीले आकांक्षा राखेको जनाएको छ।