अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु


विराटनगर – नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा मृत्यु भएको हो ।

उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताउनुभयो ।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

खनाल बराहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुनुहुनथ्यो ।

बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।