काठमाडौं-काठमाडौंको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा र युवतीको सनाखत भएको छ।
बुधबार साँझ दक्षिणकाली नगरपालिका ८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो। प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत भेटिएका पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल हुन्। त्यसैगरी युवती चाँगुनारायण नगरपालिका ५ भक्तपुरकी ३२ वर्षीया सविना राई हुन्।
बुधबार दिउँसो दक्षिणकाली नगरपालिका ८ केराबारी भन्ने ठाउँको अप्ठ्यारो भिरमा महिला र पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थामा शव निकालेको थियो।






प्रतिक्रिया