अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालिकालाई यौन दुराचारको आरोपमा प्रहरी निरीक्षक पक्राउ

बालिकालाई यौन दुराचारको आरोपमा प्रहरी निरीक्षक पक्राउ


काठमाडौं-बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

शिवाकोटीलाई १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले जानकारी दिनुभयो । रजौरेले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने बताउनुभयो ।

प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् ।

शिवाकोटीले नै पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् ।

उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्वुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई शिवाकोटी पक्राउ परेको बारे जानकारी गराइसकेको छ ।