अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलका नेतालाई बाहिरै राखेर मधेसमा जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीमा अघि सार्यो

संसदीय दलका नेतालाई बाहिरै राखेर मधेसमा जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीमा अघि सार्यो


जनकपुरधाम-संसदीय दलका नेतालाई बाहिर राखेर मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिश कुमार सिंहलाई अघि सार्ने भएको छ ।
जनमत संसदीय दलका नेता महेश प्रसाद यादव हुनुहुन्छ । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको जनमत स्रोतले जनाएको छ ।

पार्टी स्रोतका अनुसार ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सिके राउतलाई दिइएको थियो । अध्यक्षजी राउतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने तयारी छ ।