काठमाडौं-प्रतिनिधि सभा सदस्य रघुजी पन्तले अन्तर्राष्ट्रिय सौर्य ऊर्जा गठबन्धनबाट नेपालले लाभ उठाउनु पर्ने बताउनुभएको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले सौर्य ऊर्जाको क्षेत्रमा चीनले गरेको प्रगतिबाट विश्व समुदायले पाठ सिकिरहेको बताउँदै नेपालले पनि त्यसबाट पाठ सिक्नु पर्ने बताउनुभयो।
भारतले आफ्नो नेतृत्वमा सौर्य ऊर्जा गठबन्धन लगायतका केही गठबन्धन बनाएको र नेपाल पनि त्यसमा सम्मिलित रहेको उहाँले स्मरण गराउनुभयो।
विश्वव्यापी रूपमा सौर्य ऊर्जा उत्पादनमा देखिएको प्रतिस्पर्धा र प्रतिद्वन्दिताबाट नेपालले फाइदा लिनु पर्ने उहाँले बताउनुभयो। नेपालमा पनि सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको सम्भावना राम्रो भएको उहाँले टिप्पणी गर्नुभयो । ‘विश्वव्यापी रूपमा यसमा देखा परेको प्रतिद्वन्दिता र बजारको प्रतिस्पर्धा छ, त्यसबाट नेपालले फाइदा लिनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया