अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप हुन्छ: मन्त्री बस्नेत

दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप हुन्छ: मन्त्री बस्नेत


काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्ने बताउनु भएको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत् सोलारबाट थप गर्ने बताउनु भएको हो । उहाँले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताउनु भयो।

उहाँले भन्नभयो, ‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेघावाट विद्युत् थप गर्नेछौँ। आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्याउने भनेका छौँ। यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ। राष्ट्रको हितमा हेरिन्छ।’