अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा छौँ: शंकर पोखरेल

प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा छौँ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ।

पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेको बताउनुभयो।

महासचिव पोखरेलले बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको प्रष्टीकरण दिनुभयो।

उहाँले वर्तमान सत्ता समीकरण बनाउने मुख्य साझेदार एमाले भएको बताउनु भयो। सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिए पनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘यो सत्ता समीकरण बनाउने हामी मुख्य साझेदार हौँ। र, यो समीकरणलाई मिसन २०८४ सम्मलाई निरन्तरता दिन चाहन्छौँ। त्यसैले बीचमा दायाँबायाँ हुने अवस्था छैन। यो बीचमा केही गर्छौँ कि भन्न मनसाय छैन। २०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।’