अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सहितको समर्थनमा मधेसको मुख्यमन्त्री सतिश कुमार सिंह नियुक्त,१२ बजे सपथको तयारी

एमाले सहितको समर्थनमा मधेसको मुख्यमन्त्री सतिश कुमार सिंह नियुक्त,१२ बजे सपथको तयारी


जनकपुर-मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ ।
मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो ।

नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको भण्डारीको स्वकीय सचिव टिकाराम उप्रेतीले जानकारी दिनुभयो । अन्य केही मन्त्रीको पनि सपथको तयारी भइरहेको उप्रेतीले बताउनुभयो ।

केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।

सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ । दलहरुले मन्त्रीको टुंगो पनि लगाइसकेको र नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पठाउन लागेको बुझिएको छ ।