अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत

नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत


रुपन्देही- नेकपा एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस अघिको कार्यसमितीका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उहाँ अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।

बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्न खोजेका थिए।

अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो भने हितराज पन्थी उपाध्यक्ष र चित्र बहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो।

त्यसैगरी उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन्। बिहीबार बिहानैदेखि सुरू भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी थिए।
अधिवेशनबाट चयन हुने १३२ जना सदस्यहरूका लागि विभिन्न निर्वाचन क्षेत्र र भूगोलमा विभाजन गरी सहमती गराउने प्रयास भइरहेको एमाले श्रोतले बताएको छ।

एमालेले सदस्यहरू भूगोल र समावेशितालाई ध्यान दिँदै विभिन्न क्लस्टरहरूमा सदस्य संख्या विभाजन गरेको छ। जसअनुसार सबैभन्दा धेरै सदस्य बुटवल उपमहानगरले र सबैभन्दा कम संख्या कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाबाट प्रतिनिधित्व हुनेछ।