अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराउन अध्यक्ष ओली चितवनतर्फ

जिल्ला कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराउन अध्यक्ष ओली चितवनतर्फ


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा चितवन जिल्लाका पदाधिकारीलाई सपथ गराउन त्यसतर्फ जानु भएको छ ।
केही दिन अघि भएको जिल्ला अधिवेशनका निर्वाचित पदाधिकारी जिल्ला सदस्य,लेखा समिती सदस्यहरुलाई सपथ ग्रहण गराउनका लागि अध्यक्ष ओली आज त्यसतर्फ जान लाग्नु भएको हो । अधिवेशनले अध्यक्ष कमल पाठकको अध्यक्षतामा चितवन जिल्ला कमिटी गठन गरेको छ । पाठकका अनुसार कार्यक्रम ग्यालेक्सी गार्डेन रिर्सोट, भरतपुर ४, लंकुमा दिउसो ११ बजे हुनेछ ।

अधयक्ष ओलीको साथमा उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन जाँदै हुनुहुन्छ । महासचिव शंकर पोखरेल भने सर्लाहीको अधिवेशन उद्घाटन गर्नका लागि त्यसतर्फ लाग्नु भएको छ ।