दाङ-दाङमा नेपाली सेनाका एकजना अमलदारले श्रीमतीको हत्या गरेका छन्।
सल्यानको कपुरमा स्थायी घर भई तुलसीपुर उपहानगरपालिका वडा नम्बर–६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीकाको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
आज बिहान साढे आठ आसपास श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेट्टाएपछि अमलदारले श्रीमती र ती परपुररुषमाथि खुकुरी प्रहार गरेका हुन् । बुढाथोकी शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका थिए ।
शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई पनि खुकुरी हानेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था पनि गम्भीर छ।
आर्यन पनि नेपाली सेना हुन्। अछाम घर भएका उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन्। उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।






प्रतिक्रिया