अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ: अध्यक्ष ओली

भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा यसअघि पनि नेपालको प्रतिनिधित्व हुने गरेको बताउनु भएको छ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले यसअघि आफू र सुशिल कोइराला पनि भारत गएको प्रसंग सुनाउनु भयो।

भारतको प्रधानमन्त्रीको शपथमा नेपालको प्रधानमन्त्री जानु कतिको आवश्यक हो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘जानुपर्छ। जाने गरेको छ। यो भन्दा अगाडि म पनि गएको थिएँ। २०७४ मा सुशिल कोइरालाजी जानुभएको थियो।’