अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका मुख्यमन्त्री सिंहद्वारा शपथ

मधेसका मुख्यमन्त्री सिंहद्वारा शपथ


जनकपुरधाम-मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शपथ लिनुभएको छ।

शुक्रबार संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ।

सप्तरी क्षेत्र नम्वर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।