अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग छ: अध्यक्ष ओली

भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताउनु भएको छ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताउनु भयो

अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काउनु भएको छ। उहाँले मेयर बालेनलाई लक्षित गर्दै भन्नुभयो, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर। म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु।’