अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भगवान रामको जन्मभूमि माडी नै हो: अध्यक्ष ओली

भगवान रामको जन्मभूमि माडी नै हो: अध्यक्ष ओली


 चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको रहेको दाबी गर्नुभएको छ।

नेकपा एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन। कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन्। वाल्मिकीले आफैँले लेखेको प्रमाणहरू सबै कुराले त्यो देखाउँछ। योध्यापुरी रामको जन्मभूमि यहीँ हो भन्ने पुष्टि हुन्छ।’

शास्त्रले देखाइरहेकोतिर पण्डितहरूलाई पढ्न गाह्रो भइराखेको उहाँले आरोप लगाउनु भयो। अध्यक्ष ओलीले यस विषयमा आफूले राजनीति गर्न नखोजेको पनि बताउनु भयो।

उहाँले भन्नुभयो, ‘मैले राजनीति गर्न खोजेको होइन। राजनीतिसँग सरोकार होइन। हाम्रो सभ्यता, संस्कृति परम्परा, सनातनसँग जोडिएको विषय हो।’

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उहाँले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताउनु भयो।