अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित


काठमाडौँ-नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ। एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनले बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

शुक्रबार सम्पन्न अधिवेशनमा मैनालीले ३४५ मत पाएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानले २३७ मत मात्र पाउनु भएको छ। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत मात्र पाउनु भएको छ।

त्यसैगरी  उपाध्यक्ष राजेन्द्ररमण खनाल निर्वाचित हुनुभएको छ। उहाँले ३४७ मत पाउनु भयो भने उहाँका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत मात्र पाउनु भयो।

यसैगरी सचिवमा शिव चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे, महिला उपसचिवमा रुपा सापकोटा निर्वाचित हुनुभएको छ।