अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन: अध्यक्ष ओली

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग नीति र देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको बताउनु भएको छ।

एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले एमालेबाहेक अन्य पार्टीसँग पार्टीसँग नीति, कार्यक्रम र योजना केही नभएको जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ’एमालेसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन। हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विषयमा बहस गर्न कुनै पार्टी तयार छैन। उनीहरुसँग नीति, कार्यक्रम र योजना केही छैन। राष्ट्रियताको बारेमा बहस गर्न कोही तयार छैन। सुशासनको बारेमा तयार छैन।’

अध्यक्ष ओलीले एमाले र अरु पार्टी उस्तै हुन् भनेर कुप्रचार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अरु पार्टी र हामी उस्तैउस्तै होइन। पार्टी त पार्टी हुन् तर फरक देश र जनताप्रति समर्पित हुनुपर्छ। कतिपय देश बनाउन होइन पद पाउँला भनेर प्रवेश गरेका छन्। पार्टीका काम गर्नुपर्छ बस्नुपर्छ पद पाएर भनेर अरुपनि पार्टी छन् भन्ने कहिलेकाहिँ सुनिन्छन् । त्यति साह्रो देशको माया नभएकाहरुप्रति एमालेको कुनै आश र लोभ छैन।’