अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट अखिल डोटी अध्यक्षमा बोहरा चयन

एमालेनिकट अखिल डोटी अध्यक्षमा बोहरा चयन


डोटी-नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को डोटी जिल्ला अध्यक्षमा लक्ष्मण बोहरा चयन हुनु भएको छ।

शुक्रबार सम्पन्न १५ औं जिल्ला सम्मेलनले बोहरालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। सम्मेलनले ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिनुभयो।

यस्तै उपाध्यक्षमा कृष्ण बोगटी र तपेश बिक, सचिवमा सुरेश रोकाया, सहसचिवमा पबित्रा ऐर, देब बयडी, केशव बिष्ट र सुरत बोहरा तथा कोषाध्यक्षमा इश्वरी मलासी चयन हुनु भएको छ।