अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अर्घाखाँचीको नवौं अधिवेशन आजदेखि

एमाले अर्घाखाँचीको नवौं अधिवेशन आजदेखि


अर्घाखाँची-नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ।

नवौं जिल्ला अधिवेशनको निम्ति भूगोल तथा विशेष इलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी जम्मा ५६२ जना प्रतिनिधि चयन भएका छन्।

अधिवेशनको लागि नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्याल लगायतका नेताहरु शुक्रबार नै सन्धिखर्क आइपुग्नुभएको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी विधानले बताउनु भयो।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष पिताम्बर भुसाल दोहोरिने तयारीमा हुनुहुन्छ। भुसालले आफूले पूरा कार्यकाल काम गर्न नपाएकाले दोहोरिने इच्छा जाहेर गर्नुभएको छ।

अध्यक्षका लागि युवा नेता प्रेम गैरेले पनि चाहना राख्नु भएको छ। भुसाल २०७८मा सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनु भएको थियो।