अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोसी सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै


विराटनगर-कोसी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार यो रिटलाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । उहाँले माओवादी लगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गर्नु भएको छ । कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन्।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै काँग्रेस सांसद केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।