अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले फलेवास नगर कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित

एमाले फलेवास नगर कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित


पोखरा-नेकपा एमाले फलेवास नगरपालिका पर्वत कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ। शुक्रबार र शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट तिमिल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अध्यक्षमा तिमिल्सिनाले विक्रम जिसीलाई ११८ मतले पराजित गरेका हुन्। तिमिल्सिनाले १६४ र जिसीले ४६ मत प्राप्त गर्नुभयो।

यस्तै उपाध्यक्षमा तारालाल क्षेत्रीलाई पराजित गर्दै नारायणप्रसाद शर्मा निर्वाचित हुनुभएको छ। यसैगरी सचिवमा समुन्द्र शर्मालाई पराजित गर्दै गोविन्दप्रसाद भुसाल निर्वाचित हुनुभएको हाे।

उपसचिव खुलामा विनोदप्रसाद भुसाल र महिलातर्फ सुनिता शर्मा विजयी हुनएको छ। भुसालले जिदुरभुषण क्षेत्री र शर्माले उषादेवी तिवारीलाई पराजित गर्नुभएको हो। ७५ सदस्यीय नगर कमिटीमा ७० सदस्य निर्विरोध निर्वाचित भएका थिए।