अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध


अर्घाखाँची-नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध निर्वाचित हुनुभएको हो।

शनिवार सुरु भएको एमाले अर्घाखाँचीको नवौँ अधिवेशनले भुसालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उहाँ निवर्तमान अध्यक्ष हुन् । 

त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध हुनु भएको छ। उहाँ पनि निवर्तमान सचिव हुन्।

तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ। उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको छ।

शनिवार सुरु भएको नवौँ अधिवेशनमा ६ पालिकाबाट ५६२ जना प्रतिनिधि सहभागी भएका छन् । मुख्य पद रहेको अध्यक्ष र सचिवमा निर्विरोध भएपछि केही प्रतिनिधिहरू फर्कन थालेका छन्।