अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ

एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ


उदयपुर-उदयपुर जिल्लाको क्षेत्र-२ को प्रदेश सभा (ख) अन्तर्गत नेकपा एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। एमाले कटारी नगर कमिटिको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो।

श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय एमाले कटारी नगर कमिटी गठन गरिएको एमाले उदयपुर जिल्ला कमिटीका उपसचिव हेम खड्काले जानकारी दिनुभयो।

कटारीमा सम्पन्न अधिवेशनले चयन गरेको नगर कमिटिको उपाध्यक्षमा शुसिला राउत चयन हुनुभएको छ। यस्तै सचिवमा राजकुमार थापा, उसचिवमा तारा तामाङ र तिलक बहादुर मगर चयन हुनुभएको छ।

उता रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न गरिसकेको छ। एमाले रौतामाई गाउँ कमिटी ललित मगरको अध्यक्षतामा तेजबहादुर थापा सचिव रहेको ७५ सदस्यीय कमिटी गठन गरिसकेको छ। त्यस्तै उदयपुरगढीमा यम्बरबहादुर खत्री अध्यक्ष र खेमबहादुर पाचेमगर सचिव रहेको ७५ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको छ।

नेकपा एमाले ताप्लि गाउँपालिका कमिटिको दोस्रो अधिवेशनले अध्यक्षमा तोपबहादुर ज्यु ठकुरी सर्वसहमतिबाट चयन गरिसकेको छ।  यस्तै उपाध्यक्षमा नैन कुमारी ज्यु सचिवमा शान्त राई उपसचिवमा केन्द्र कार्की र रामभत्त मल्ललाई चयन गरेको थियो।

यसैगरी एमाले लिम्चुङबुङ गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान बहादुर राई निर्विरोध निर्वाचित भइसक्नु भएको छ। शुक्रबार सम्पन्न एमाले लिम्चुङबुङ गाउँ कमिटीको दोस्रो गाउँपालिका अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेको थियो। राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको थियो । यस्तै उपाध्यक्षमा केशरमणि राई, सचिवमा चित्र कुमार राई, उपसचिवमा भविन्द्र कुमार राई र बिन्दा कार्की राउतलाई चयन गरिएको थियो।