अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले समाजलाई सचेत बनाउन छुट्टै भोलेन्टियर संस्था बनाउने अध्यक्ष ओलीको घोषणा

एमालेले समाजलाई सचेत बनाउन छुट्टै भोलेन्टियर संस्था बनाउने अध्यक्ष ओलीको घोषणा


काठमडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गर्नुभएको छ।

आइतबार पार्टी मुख्यालय च्यासलमा एमाले निकट राष्ट्रिय महिला भेला धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष ओलीले सो घोषणा गर्नुभएको हो। एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको अध्यक्ष ओलीले बताउनु भयो।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताउनु भयो । उहाँले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताउनु भयो।

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराउनु भयो।