अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल भित्रियो मनसुन

नेपाल भित्रियो मनसुन


काठमाडौ- यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो। 

नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो।

महाशाखाका अनुसार नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ।

भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।