अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थन्किएर बसेका सरकारी यातायातका साधनको तत्काल बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ: ठाकुर गैरे

देशभर थन्किएर बसेका सरकारी यातायातका साधनको तत्काल बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ: ठाकुर गैरे


काठमाडौं-नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री वितरण गर्न सरकारसँग माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले देशभर थन्किएर बसेका सवारी साधनहरूको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भयो।

सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन्। त्यसले वातावरण प्रदुषण र सुन्दरतामा र अर्बौंको सम्पत्ति क्षति भइरहेको छ। यो देशको अर्बौंको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो? म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु। देशभरी बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्री वितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसावले सरकारको प्रस्तुतिका लागि रुलिङ होस्।’

सांसद गैरेले सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रूपमा विकास गर्न नहुने पनि बताउनु भयो।