अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च शिक्षा ऐन छिटो ल्याउन देवेन्द्र पौडेलको माग

उच्च शिक्षा ऐन छिटो ल्याउन देवेन्द्र पौडेलको माग


काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सो माग गर्नुभएको हो।

सांसद पौडेलले भन्नुभयो, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठयारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ। अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु । शिक्षालाई सीपसँग जोड्ने, सीपलाई श्रम र उत्पादनसँग जोडने काम गर्नु पर्छ। त्यसो नगर्ने हो भने खाली पढाइको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन।’