अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ। उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले राससलाई जानकारी दिनुभयो। जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव ९खुला० मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ। यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा २२५ पदमध्ये १३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो। आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो।