अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु

संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु


काठमाडौं-संखुवासभामा वर्षासँगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। 

चिचिला गाउँपालिका–२ आहालेमा गएराति परेको चट्याङले लागेर स्थानीय ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार राति करिब ११ बजे परेको चट्याङले लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको हो। घरभित्रै सुतिरहेको बेला उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ।