अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राकृतिक विपद्को पूर्व तयारी सन्तोषजनक भएन: योगेश भट्टराई

प्राकृतिक विपद्को पूर्व तयारी सन्तोषजनक भएन: योगेश भट्टराई


काठमडौं-नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेक कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताउनु भएको हो। उहाँले भन्नुभयो, ’सरकारको पूर्व तयारी सन्तोषजनक छैन। विपद प्राधिकरणलाई बार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?।’

नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाकाबीच पनि उद्धारको काम गरिरहेको उहाँले बताउनुभयो।

सांसद भट्टराईले देश भर नै विपदको पूर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।