अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुङ्गा मोलुङ-५ का वडाध्यक्ष कार्कीको निधन

ओखलढुङ्गा मोलुङ-५ का वडाध्यक्ष कार्कीको निधन


काठमाडौं-ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा-५ का वडाअध्यक्ष गोपी कृष्ण कार्कीको निधन भएको छ। वडाध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैंमा ५१ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार घुँडामा क्यान्सर भएपछि वडा अध्यक्ष कार्कीको विगत तीन महिनादेखि अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।

गाउँपालिकाले यस दुखद घडीमा आज शोक बिदा दिएको छ। ‘यो निधनले मोलुङ गाउँपालिका परिवार मर्माहत र स्तब्ध भएको छ, शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक प्रकट गर्नका लागि आज १ दिन मोलुङ गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा (शिक्षण संस्था समेत) शोक बिदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।