काठमाडौं-नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। सहकारी क्षेत्रमा अराजकता रहेको उहाँको भनाइ छ।
सांसद मैनालीले भन्नुभयो, ‘सहकारी संचालकलाई जिम्मेवार बनाउन आवश्यक छ। अहिले राजीनामा गरेर जाने प्रवृति बढेको छ। निश्चित समयसम्म राजीनामा गरेरु पनि जान नहुने व्यवस्था गर्नुपर्छ। किनभने माछा देख्दा दुलोभित्र हात सर्प देख्दा दुलो बाहिर हात भने जस्तो अवस्था आउन दिनु हुँदैन।’
प्रतिक्रिया