अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय शक्तिको रूपमा रहेको एमालेलई निर्णायक शक्ति बनाउँछौं: अध्यक्ष ओली

राष्ट्रिय शक्तिको रूपमा रहेको एमालेलई निर्णायक शक्ति बनाउँछौं: अध्यक्ष ओली


भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय शक्ति रहेकाे एमालेलाई निर्णायक तहमा विकास गरिने बताउनु भएको छ।

बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि मिसन ८४ काे अभियान थालेकाे बताउनुभयाे।

पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने अध्यक्ष ओलीको कार्यकर्तालाई सुझाव दिनुभएको छ । ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’, अध्यक्ष ओलीले भन्नुभयो।

पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताउनु भयो । 

कहिले पशुपतिनाथमा सुनकाे जलहरी, कहिले के, अहिले गिरिबन्धुकाे कुरा उठाइएकाे अध्यक्ष ओलीले बताउनुभयाे।

आफू नेतृत्वकाे सरकारले देशकाे विकासका लागि अभूतपूर्व काम गरेकाे भन्दै उहाँले अरुकाे परिकल्पनामा नभएका कुरा एमालेले गर्ने बताउनुभयाे ।