अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेविरुद्ध झुटो प्रचार नगर्न कांग्रेसलाई अध्यक्ष ओलीको चेतावनी

एमालेविरुद्ध झुटो प्रचार नगर्न कांग्रेसलाई अध्यक्ष ओलीको चेतावनी


भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेपछि नेपाली कांग्रेसले एमालेमाथि झुट र भ्रम फैलाउने गरेकाे आरोप लगाउनु भएको छ।

बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

खेलाैना रेल देखाएकाे नेपाली कांग्रेसले अहिले जनकपुर गएर एमालेले देख्छ कि भनेर लुकेर रेल चढ्ने गरेकाे टिप्पणी समेत उहाँले गर्नुभयाे। काम गर्न नसकेपछि कांग्रेसले एमालेमाथि झुट र भ्रम फैलाउने गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । सरकारमा बस्दा कांग्रेसले देशका लागि केही गर्न नसकेकाे समेत उहाँले बताउनुभयाे । 

घाेटाला गरेर चुनाव जित्ने दाउमा एमाले कहिल्यै नलाग्ने उहाँले बताउनुभयाे । अरु पार्टी भन्दा धेरै सिट एमालेलाई नचाहिएकाे भन्दै उहाँले एमालेलाई एकल र अत्यधिक बहुमत चाहिएकाे बताउनुभयाे । देश बनाउने गरीकाे सामार्थ्य शक्ति सिट र भाेट चाहिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । देश बनाउने संकल्पमा एमाले लागिरहेकाे भन्दै उहाँले यसका लागि सबै क्षेत्रमा एमालले चुनाव जित्नुपर्ने बताउनुभयाे।