अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङ घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङ घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गर्नुभएको छ । उहाँले मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।

शुक्रबार बिहानैदेखि उहाँले सुरक्षा निकायका प्रमुखहरु र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझ्नुभएको छ ।

प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उहाँले कुराकानी गर्नुभएको छ । जिल्लामा सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेका राहत र उद्धारका कामहरुका विषयमा पनि उहाँले चासो राख्नुभएको छ ।

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरुसँग छलफल गरिरहनु भएको छ ।

उहाँले राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयमसेवीहरुलाई समेत काम गर्न आग्रह गर्नुभएको छ ।