अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने


काठमाडौँ-काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भूभागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाले जनाएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनु भयो।

‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो’, उहाँले भन्नुभयो।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  छ।