अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु


बारा-बाराको आदर्श कोतवाल नगरपालिका-३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ।

शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ।