अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश सरकारको बजेट ६४ अर्व ५४ करोड

बागमती प्रदेश सरकारको बजेट ६४ अर्व ५४ करोड


काठमाडौं – वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१\८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमानित सार्वजनिक गरेको छ ।
शनिबार बसेको प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।